भरतपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

एटुजेड समाचार

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–१५, गाई अनुसन्धान केन्द्रस्थित सडकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृ*त्यु भएको छ।

आज बिहान ९ः४५ बजे मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०७ प ०४६१ नम्बरको विद्युतीय स्कुटर र सोही दिशातर्फ जाँदै गरेको ना.२४ प ६१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका दुवै सवारीका चालक तथा मोटरसाइकलको पछाडि सवार व्यक्तिको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–८ निवासी ४० वर्षीय अनिल भनिने अनिरुद्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्कुटर चालक भरतपुर–६ निवासी ६५ वर्षीय अनिरुद्र पौडेल र मोटरसाइकल चालक भरतपुर–८ निवासी ३७ वर्षीय विकास नेपालीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु