मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु