भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो

एटुजेड समाचार

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म १ हजार ४११ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४०९ जनाको शव फेला परेको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु