जेसिके फाइट नाइट : युकी आङदेम्बे आज चिनियाँ खेलाडीविरुद्ध भिड्दै

एटुजेड समाचार

नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन्। उनले चीनको शान्सी प्रान्तको लुलियाङमा आयोजना हुने बान्टमवेट प्रतिस्पर्धामा घरेलु खेलाडी बुहुओगुबुको सामना गर्न लागेका हुन्।

मुख्य कार्डमा समावेश यो भिडन्त नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। व्यावसायिक एमएमएमा युकीले हालसम्म आठ जित र तीन हारको नतिजा निकालेका छन्। उनी पछिल्ला दुई प्रतिस्पर्धायता अपराजित छन्।

युकीका प्रतिस्पर्धी चीनका बुहुओगुबुको नाममा १० जित र सात हार रहेका छन्। उनले केही महिनाअघि भारतका मनदीप प्रजापतिविरुद्धको प्रतिस्पर्धामा जित हासिल गरेका थिए। आजको खेलमा घरेलु दर्शकमाझ प्रतिस्पर्धा गर्ने बुहुओगुबुविरुद्ध युकी आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु