ग्यास्ट्रिकको समस्याले हैरान हुनुहुन्छ? छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

एटुजेड समाचार

काठमाडौं– नेपालमा ग्यास्ट्रिकको कारण धेरै मानिसहरुमा पिडित बनेका छन् ।

ग्यास्ट्रिक नेपालीहरुको साझा रोगको रुपमा नै चिनिएको छ । ग्यास्ट्रिक नभएको परिवार नेपालमा सायदै होला । विशेषगरी स्वास्थ्यकर खानामा ध्यान नदिदा मानिसहरुमा ग्यास्ट्रिको समस्या बढ्दै गएको छ ।

पेट दुख्ने, पोल्न अम्लपित्त बढ्ने समस्या छ भने तपाईलाई ग्यास्ट्रिक भएको हुनसक्छ । आम नेपालीले ग्यास्ट्रिक भनेर बुझेपनि यो समस्यालाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ ।

ग्यास्ट्रिकको लक्षण यस्ता छन्

छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु
पेट पोल्नु
भोक हराउनु
अम्लपित बढ्नु
मुख बिग्रिनु
पेट भारी हुनु
रिंगटा लाग्नु
टाउको दुख्नु
पेट फुल्नु

यी बाहेक ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरुमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ(ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण पनि देखिन्छ ।

ग्यास्ट्रिकलाई सामान्य रुपमा लिएर वेवास्ता गर्नु हुँदैन । ग्यास्ट्रिकले अल्सर भएमा यसको पिडाले मानिसलाई जीवनभर सताउँछ ।

जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ ।

जटिलताहरूः

ग्यास्ट्रिकको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी–१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन ।

यसरी गरिन्छ उपचार

ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नुपर्छ ।

दीर्घरजीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो ।

हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग–सब्जी, सलाद–फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी हुन्छ ।

त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गर्नुपर्छ । पानी प्रशस्त पिउनुपर्छ ।

व्यायाम तथा प्राकृतिक उपचारः
– अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।

– बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउछ । तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।

– जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।

– पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।

– शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ ।

– सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।

– सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी गर्नुपर्छ ।
ग्यास्ट्रिकबाट बच्न यस्तो गनुस्

स्वास्थ्यकर जीवनशैलीमा बाँच्ने कोशिस गर्नुपर्छ ।

दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिनुपर्छ ।

ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खानुपर्छ ।

कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाउने ।

पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाउनुपर्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु