सिंहदरबारबाट पक्राउ परे गाउँपालिका अध्यक्ष

एटुजेड समाचार

काठमाडौं –  सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

“बैंकिङ कसुर मुद्दा अदालतमा दायर भइसकेको, अदालतमा जानुपर्थ्यो, गएको रहेनछन् । हामीले अदालतमा उपस्थित हुन पठाइदिएका छौँ,” काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका-१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु