काठमाडौं : भोटेकोशीमा बाढी आएको दिनदेखि उद्धार तथा खोज कार्यमा सशस्त्र प्रहरी बलको कुकुर ‘साम्बा’ निरन्तर खटिएको छ। डेढ बर्षको साम्बा बाढी आएको दिन ढुङगेबजार, देवीघाट लगायत स्थानमा खटिएको थियो।
साम्बासँगै अन्य दुई कुकुर पनि खटिएका थिए। १० गतेदेखि खटिएको साम्बा १६ गते तीन जना सशस्त्र प्रहरी सहित टिमुरे उद्वारका लागि गएको थियो। तालिमप्राप्त ल्याब्रोडर जातको कुकुर ‘साम्बा’ले १५ दिनमा १८ देखि २० वटा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपालका हवल्दार सीताराम कोइरालाले बताए।
विशेष तालिमप्राप्त कुकर साम्बासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खटेर श व तथा अ वशेष फेला पारेको थियोे।प्रहरी तथा सुरक्षा निकायको संयुक्त उद्धार टोलीले साम्बालाई बाढीबाट अति प्रभावित क्षेत्र रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र बेत्रावती क्षेत्रमा परिचालन गरेको थियो। कठिन भौगोलिक अवस्थामा साम्बाले आफ्नो तीव्र सुँघ्ने क्षमताको प्रयोग गरी श व पत्ता लगाएको थियो। १० गते बाढी आएको दिन देखि खटिएको साम्बा अहिले पनि निरन्तर खटिँदै आएको छ।


