मौलाकालिका परिसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम हुँदै

एटुजेड समाचार

नवलपुर – गैंडाकोट–१ स्थित मौलाकालिका मन्दिर परिसरमा यही २०८३/०५/२७ गते शनिबार बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर मौलाकाली केवलकार ,वे ग्रुप नवलपुर , लायन्स क्लफ अफ गैंडाकोट को संयुक्त आयोजना साथै गैंडाकोट नगरपालिकाको सहभागितामा कार्यक्रम हुन लागेको विश्व रक्तदाता संगठन, नवलपुरका संयोजक सन्तोष वाग्लेले जानकारी दिए।

रक्तदानमा सहभागी हुने रक्तदाताका लागि निःशुल्क केवलकार टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
धार्मिक स्थलमा रक्तदान कार्यक्रम आयोजना गरी मानव सेवासँग जोड्ने उद्देश्यले ‘मानवताका लागि रक्त अभियान’लाई थप प्रभावकारी रूपमा अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। आयोजकले इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु