भरतपुरमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

एटुजेड समाचार

भरतपुर – भरतपुरमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका व्यक्ति भरतपुर महानगरपालिका वडा १२ का ५६ बर्षिय अमर पराजुली रहेको खुलेको छ । पराजुली नारायणी विद्या मन्दिर शिवघाटका पूर्वसञ्चालक समेत रहेका थिए ।

मृतकका आफन्तका अनुसार पराजुली आज बिहान कार लिएर हेटौँडाबाट भरतपुरतर्फ आउँदै थिए । भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकमा आइपुगेपछि उनले चलाएको कारमा अचानक आगलागी भएको थियो ।आगलागीमा कारभित्रै रहेका पराजुलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान ६ः०० बजेको समयमा बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको इभी कारमा आगलागी भएको जनाएको छ ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु