नुवाकोट – नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले ५ दिनमै एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि स्थानीयवासी र यात्रुलाई आवतजावतमा ठूलो समस्या भएको थियो। पुल बगेसँगै नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्कसमेत प्रभावित बनेको थियो।
यही समस्या समाधान गर्न नेपाली सेनाको टोलीले निरन्तर काम गर्दै छोटो समयमै एक्रो ब्रिज जडान पूरा गरेको हो। यो पुल निर्माण भएसगै बर्तमान सरकार तथा प्रधानमन्त्री बालेन शाहको चर्चा भएको छ । पुल बन्नु ठुलो कुरा होइन तर यती छिट्टै ५ दिनमै पुल निर्माण हुँदा गरे के हुँदैन भन्ने खालको सन्देश समेत दिएको छ ।
पुल जडान भएसँगै अब भोलिदेखि पैदल यात्रुका लागि आवतजावत खुला गरिनेछ। त्यसैगरी, पर्सिदेखि सवारी साधनसमेत सञ्चालनमा आउने बताइएको छ।
नयाँ पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित भएका स्थानीयवासी, व्यापारी र यात्रुहरूलाई ठूलो राहत पुग्ने भएको छ। विनाशकारी बाढीले पुरानो पुल बगाए पनि नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल निर्माण गरेर यातायात सम्पर्क पुनःस्थापित गरेको हो।


