चितवनमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु, चालक घाइते

एटुजेड समाचार

चितवन – पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका-३ स्थित पुरानो यमाहा सोरुम अगाडि बिहीबार बिहान करिब ९:४५ बजे दुर्घटना भएको हो। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५१८७ नम्बरको ट्रकले विपरीत दिशा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा पछाडि सवार मकवानपुरको मनहरी गाउँपालिका-७ का ३८ वर्षीय प्रितम मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएकोमा उपचारकै क्रममा बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ४३ वर्षीय दिपेन्द्र बर्तौला घाइते भएका छन्। हात र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।

ठक्कर दिने ट्रक र ट्रक चालक पर्साको कालिकामाई गाउँपालिका-१ का ३६ वर्षीय रन्जित कुमार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु