काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) ३ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला ३ हजार ४ सयले बढेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।


