भोटेकोशी बाढी पीडितको सम्झनामा उज्यालो नेपाल पार्टीले आज दीप प्रज्वलन गर्ने

एटुजेड समाचार

उज्यालो नेपाल पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले जारी गरेको निमन्त्रणाअनुसार आज साँझ ६ः३० बजे काठमाडौंको बौद्ध स्तूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

पार्टीले भोटेकोशी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्मा परेका नागरिकको सकुशल उद्धार र सुरक्षित जीवनका लागि प्रार्थना गरिएको जनाएको छ।

प्राकृतिक विपद्को यो कठिन घडीमा धर्म, जात, भाषा, क्षेत्र र राजनीतिक विचारभन्दा माथि उठेर मानवता, करुणा, सहकार्य र राष्ट्रिय एकताको भावना सुदृढ गर्नुपर्ने पार्टीको भनाइ छ।

यही भावनासहित बाढी तथा विपद्का कारण ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता तथा विपद्मा परेका नागरिकको सुरक्षित जीवन र शीघ्र उद्धारको कामनासहित दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु