बाढी पी*डितलाई ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने सुनचाँदी व्यवसायी संघ चितवनको निर्णय

एटुजेड समाचार

चितवन – नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको २८औँ कार्यसमिति बैठकले बाढीपीडितलाई ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले विभिन्न माध्यमबाट संकलन भएको उक्त रकम बाढीपीडितलाई सहयोगस्वरूप हस्तान्तरण गर्ने निर्णय गरेको हो।

एकद्वार राहत संकलन अभियानमा प्राप्त सहयोग रकमलाई संघले बैठकको निर्णयअनुसार सम्बन्धित क्षेत्रमा हस्तान्तरण गरिने जनाएको छ।

बैठकमा संघका अध्यक्ष विश्वकर्माले राहत संकलन अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण संघसंस्था तथा व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

संघको बैठकमा वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., उपाध्यक्षहरू मोहन पन्थी र शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु