तास्मिनियाविरुद्ध नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्दै

एटुजेड समाचार

अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ।

नेपाली टोली टप एन्ड टी-२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो। टप एन्ड टी-२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो।

अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु