सुनकोशी र बुढीगण्डकीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

एटुजेड समाचार

बाढी पूर्वानुमान महाशाखाले सुनकोशी र बुढीगण्डकी नदीको जलसतह सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको अलर्टअनुसार सुनकोशी नदीको खुर्कोट, सिन्धुली र बुढीगण्डकी नदीको आरुघाट, गोरखा जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

सम्बन्धित नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु