इक्यान चितवनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

एटुजेड समाचार

भरतपुर – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले ३० औँ इक्यान डे को अवसरमा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

इक्यान चितवनले भरतपुर–१६ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै उनीहरूलाई खाना खुवाएर इक्यान डे मनाएको हो

कार्यक्रममा प्रमुख अतिथि भरतपुर १६ का वडा अध्यक्ष अमृतराज हमाल रहेका थिए भने कार्यक्रमको सभापतित्वमा सस्थाका अध्यक्ष भोज बहादुर खड्काले गरेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष जनक राज पौडेल रहेका थिए ।
कार्यक्रममा बोल्दै अतिथिहरूले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि सामाजिक संस्थाहरूले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन इक्यान चितवनका सचिव लक्ष्मण कँडेलले गरेका थिए भने सस्थाका उपाध्यक्ष मेघराज कँडेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा इक्यानका पूर्वकेन्द्रीय सदस्य वाई.बी. पौडेल, इक्यान चितवनका पदाधिकारी, सदस्य तथा विद्यालयका शिक्षक–विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु