चितवन – गोब्रेनीमा नारायणी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन गरिएको छ ।
भरतपुर–१७ गोब्रेनीमा नारायणी नदीको बहाव बढेर भएको कटान नियन्त्रणका लागि महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले विपद् व्यवस्थापन कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरेका हुन् ।


