निप्पोन एजुकेसनल सेन्टरको १६ औं वार्षिकोत्सव सम्पन्न

एटुजेड समाचार

चितवन – निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १६ औं वार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न गरेको छ। नारायणगढको सहिदचोकमा रहेको निप्पोनले आफ्नै कार्यालयमा विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरुसङ्गै केक काटी बार्षिकोत्सव मनाएको हो।

कार्यक्रम गमलामा पानी हालेर औपचारिक शुभारम्भ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा निप्पोन एजुकेसनल सेन्टरको विगत १६ वर्षको यात्रा, सफलता, चुनौती तथा आगामी योजना प्रस्तुत गरिएको थियो।

कार्यक्रम संस्थाका सभापति तथा CEO दिपक चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको बताए |

विद्यार्थी तथा अभिभाबकहरुको विश्वास जित्दै आजदेखि १६ वर्ष पुरा गरि १७ बर्षमा प्रवेश गर्दै गर्दा गौरंभान्बित महसुस भएको बताए।

उनले भने, स्थापना कालदेखि नै गुणस्तरीय सेवा र स्तरीय शिक्षामा जोड दिदै आइरहेको यस सस्थाले अहिले सम्म उच्च शिक्षा का लागि जापान जान चाहने हजारौं विद्यार्थीहरुको सपना साकार पारिसकेको छ ।

यस सस्थाले बिधार्थिहरुको रुची, चाहना, योग्यता र शैक्षिक अवस्थालाइ मध्यनजर गर्दै सोहि अनुरुप प्राथमिकताको आधारमा परामर्श दिदै आइरहेको छ ।

संस्थाले विगत १६ वर्षमा पाएको विश्वास र सफलता विद्यार्थी, अभिभावक, शिक्षक, स्टाफ र शुभेच्छुकबाट पाएको उल्लेख गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा र सेवामार्फत समाज र देशको हितमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका निर्देशक आविस्कार रिजालले स्वागत मन्तव्य राखेका थिए भने जापानिज भाषाका टिचर मजबुल्ला अन्सारी, विद्यार्थी मनिष पोख्रेल बोलेका थिए । म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्लेले मन्तव्य राख्दै संस्थाको आगामी योजनाबारे प्रकाश पारेकी थिईन् ।

निप्पोन एजुकेसनल सेन्टरले आफ्नो स्थापना कालदेखि नै जापानी भाषा शिक्षा र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ। विगत १५ वर्षमा हजारौं विद्यार्थीलाई जापानमा अध्ययन तथा भविष्य निर्माणतर्फ अघि बढ्न सफल बनाएको यस संस्थाले “गुणस्तरीय शिक्षा, अनुशासन र संस्कार” लाई आफ्नो मूल ध्येय बनाउँदै आगामी दिनमा अझ प्रभावकारी योगदान गर्ने लक्ष्य राखेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु