चितवन – भोटेकोशी वाढीबाट बगेर आएका १ सय ३२ वटा शव भरतपुरको शव गृहमा ल्याइएको छ। सॅाझ ६ बजेसम्म १ सय ३२ सब ल्याइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ति मध्ये बयस्क ३० जना महिला र ६० जना पुरुष,६ जना बालक र २ बालिका रहेका छन् । त्यस्तै ३४ जनाको शरिरको बिभिन्न अंगमात्रै भेटिएको छ।
नदी किनारबाट ल्याएका शवलाई भरतपुर अस्पतालको शवगृहमा धोइपखाली औधोगिक प्रतिस्ठानस्थित शव पहिचान स्थलमा पठाइएको छ।अहिलेसम्म सनाखत कसैको पनि गरिएको छैन।भरतपुरमा शव गृहको अभाव भएपछी शव पहिचान गृह निर्माण गृह नै तयार गरिएको छ।
जिल्ला विपत व्यवस्थापन समिति चितवन, भरतपुर महागरपालिका र सुरक्षा निकायको व्यवस्थापन एवं अन्य सरोकारवाल संघ संस्थाको सहयोगमा रसुवा बाढीले बगाएर चितवन ल्याएका शवहरुको व्यवस्थापन र पहिचान गर्ने छुट्टै स्थान बनाईएको अहिले बनाईएको शव पहिचान स्थलमा २५० वटासम्म शव राख्न सक्ने क्षमताको रहेको छ ।

