रसुवा बाढीका कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

एटुजेड समाचार

काठमाडौ – रसुवा बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन छन् । तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।

बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उनले भने ।

सोही क्षेत्रका विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु