गल्याङमा बोलेरो जीप दुर्घटना: दुईजनाको मृत्यु, चालकसहित १० जना घाइते

एटुजेड समाचार

कामठाडौँ : स्याङजाको गल्याङ नगरपालिका- ०८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सोमवार साँझ करिब ५:४५ बजे गल्याङबाट गल्याङ नगरपालिका –०९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

जीपमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको र घाइते तथा मृतकहरूको परिचय खुल्न बाँकी रहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु