ट्रम्पको दाबी– ‘इरान पूर्ण रूपमा धराशायी हुँदैछ’

एटुजेड समाचार

इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार बताएका छन्।

वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ।

लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन्। शान्ति वार्ता ठप्प छ, इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ भने वाशिङ्टनले इरानविरूद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ।

घरेलु राजनीतिमा युद्धका आर्थिक असरबारे दबाव खेपिरहेका ट्रम्प सैन्य कारबाहीबाट आर्थिक उपायतर्फ मोडिएका छन्।

“इरान पूर्ण रूपमा ‘धराशायी’ भएको छ,” राष्ट्रपति ट्रम्पले सोमवार निजी लगानीको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नै शैलीमा ठूला अक्षरमा गरेको पोष्टमा भनिएको छ।

उनका टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फाइनान्सियल टाइम्सका लागि लेखेको स्तम्भमा तेहरानविरुद्ध ‘आर्थिक सङ्कट’ सुरु भएको घोषणा गरेको केही घण्टापछि आएका हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु