काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइन् ।
उनले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्ने धारणा राखिन् ।
मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निष्पक्ष रूपमा काम गर्दै नागरिकमा विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
मन्त्री गौतमले भनिन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग बलियो हुनुपर्छ भन्ने विषयमा कुनै शंका छैन । सरकार त्यसमा अडिक नै छ । तर संस्थाको बल चाहिँ त्रास सिर्जना गरेर हामी बलियो छौं


