काठमाडौँ – बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि फेला परेको छ। आफ्नो घरभन्दा करिब ५० मिटर पर छिमेकीको घरभित्र आज साँझ शव फेला परेको हो ।
जितपुरसिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरीमा चौधरी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् ।
घटनमस्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता निल प्रसाद घलेले जानकारी दिए । बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।
शव भेटिएको घरमा कोही पनि नभएको बुझिएको छ।


