विद्यालयबाट फर्किँदै गरेका ४ विद्यार्थीलाई खोलाले बगाउँदा १ जनाको मृत्यु, तीन अझै बेपत्ता

एटुजेड समाचार

काठमाडौँ : हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ विद्यार्थीलाई बगाएको छ। एक विद्यार्थी भने मृत भेटिएको स्थानीयले बताएका छन्।

निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू मंगलबार पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। उनीहरू सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।

घटनापछि उनीहरूको खोजी जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु