दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेटवार्ता’

एटुजेड समाचार

काठमाडौं – नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो।

अर्थमन्त्री वाग्ले मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए।

बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको हो। तर कुराकानीको विषय अर्थ मन्त्रालयले उल्लेख गरेको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु