काठमाडौँ : हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ विद्यार्थीलाई बगाएको छ। एक विद्यार्थी भने मृत भेटिएको स्थानीयले बताएका छन्।
निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू मंगलबार पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। उनीहरू सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।
घटनापछि उनीहरूको खोजी जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


