चितवन – भरतपुर महानगरपालिका–४, धर्मचोकमा घरदेखि होटल तथा अस्पतालसम्म आवश्यक पर्ने विभिन्न प्रकारका सरसफाइका सामग्री पाइने ‘मुल’ पसल सञ्चालनमा आएको छ। नागपञ्चमीको अवसर पारेर सञ्चालनमा ल्याइएको उक्त पसल करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो।
पसलमा घर, कार्यालय, होटल, अस्पताललगायत विभिन्न क्षेत्रमा दैनिक प्रयोग हुने सरसफाइसम्बन्धी सामग्री उपलब्ध हुने सञ्चालकले बताएका छन्। यहाँ विभिन्न प्रकारका केमिकल, ब्रस, पोछा, सर्फ तथा साबुन, रुम स्प्रे लगायतका सामग्री पाइन्छन्।
त्यसैगरी होटल तथा रेस्टुरेन्टका लागि आवश्यक टुथपेस्ट, टुथब्रस, बडी लोशन, स्याम्पु, ट्वाइलेट पेपर, नेपकिन पेपर, किचन डस्टर तथा फुड प्याकिङ कन्टेनरलगायतका सामग्रीसमेत एउटै स्थानमा उपलब्ध गराइएको छ।
सरसफाइसम्बन्धी आवश्यक सामग्री सहज र एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले ‘मुल’ सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।


