मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि रि साएर हिँडिन् आशिका

एटुजेड समाचार

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै रास्वपा सांसद प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी छन् । पराष्ट्रमन्त्रीले जवाफ दिँदा दिँदै सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन् । तर, सभामुखले बोल्न समय दिएनन् ।

सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’ तर उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि उनी झोला टिपेर झोंकिँदै बैठक छाडेर हिँडिन् ।

सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा सरकारको जवाफ मागेकी थिइन् । त्यसबारे हिजो सभामुखले रुलिङ गरेपछि मन्त्री खनालले आज जवाफ दिएका थिए । तर, मन्त्री खनालको जवाफमा उनले चित्त बुझाइनन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु