ललितपुर । पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठविरुद्ध परेको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय लगिएको जनाइएको छ।


