भरतपुर – भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले वृक्षारोपण र डेङ्गु सम्बन्धी सचेतना र्याली सम्पन्न गरेको छ । स्कुलको ईको क्लबको आयोजनामा आज (बुधबार) यी दुई कार्यक्रम सम्पन्न भएको हो ।
ईको क्लबले आज बिहान भरतपुर १२ स्थित रामवेल खेल मैदानमा वृक्षारोपण गरेको थियो । मैदान आसपास विभिन्न प्रजातीका बोट बिरुवा रोपिएको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । वृक्षारोपणमा ईको क्लबका विद्यार्थीहरुसँगै प्राचार्य ईन्दिरा कार्की, भरतपुर १२ खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु दराई, इको क्लबका अध्यक्ष आदित्य ढुङ्गानालगायत स्कुलका शिक्षक कर्मचारीहरु सहभागी थिए ।
यस्तै क्लबले आज नै डेङ्गु सचेतना र्याली पनि सम्पन्न गरेको छ । र्यालीमा विद्यार्थीहरुले डेङ्गु बारे सचेतनामूलक प्लेकार्डहरु बोकेका थिए । डेङ्गु रोग बारे समाजलाई सचेत बनाउनका लागि ईको क्लबको नेतृत्वमा र्याली आयोजना गरिएको प्राचार्य कार्कीले बताईन् ।
र्याली स्कुलबाट हुलाकचोक, थानीचोक, सूर्यचोक, मुनालचोक हुँदै पुन: स्कुलमा नै पुगेर सम्पन्न भएको थियो । यी दुबै कार्यक्रमहरु सामाजिक उत्तरदायित्व अन्तर्गत नै आयोजना गरिएको प्राचार्य कार्कीको भनाइ छ ।


