व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

एटुजेड समाचार

काठमाडौँ – विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश गरेकाे छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो ।

उनीहरु सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामै रहेकामा बुधबार अर्को मुद्दाका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवै जनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु