२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

काठमाडौं –  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु