बिहानै पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

एटुजेड समाचार

काठमाडौं – मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ।सिमलताल नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

बुधबार बिहान पहिरो खसेलगत्तै सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ। अवरोधका कारण सडकमा यात्रा गरिरहेका सयौं सवारीसाधन र यात्रुहरू बिहानैदेखि बाटोमै रोकिएका छन्।

सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन भरतपुरले पहिरो पन्साउन आवश्यक उपकरण र प्राविधिक टोलीलाई घटनास्थलमा परिचालन गरिसकेको छ। अहिले मेशिनहरूको सहायताले खसेको लेदोसहितको पहिरो हटाउने काम भइरहेको र अबको एक घण्टाभित्र सडक पूर्णरुपमा सञ्चालनमा आउने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु