विश्व हिन्दु महासंघ चितवनद्वारा भोलि चितवन बन्दको आह्वान

एटुजेड समाचार

चितवन — विश्व हिन्दु महासंघ नेपाल, जिल्ला कार्यसमिति चितवनले पछिल्ला विभिन्न धार्मिक घटनाप्रति असन्तुष्टि जनाउँदै साउन १५ गते(भोलि) चितवन बन्दको आह्वान गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमार्फत हिन्दु समुदायमाथि भएको भनिएका आक्रमण, धार्मिक असहिष्णुता तथा घटनामा संलग्न दोषीमाथि प्रभावकारी कारबाही हुन नसकेको आरोप लगाउँदै विरोधस्वरूप बन्दको घोषणा गरिएको जनाएको छ।

विज्ञप्तिमा हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि सम्पूर्ण नागरिकलाई बन्द कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ। महासंघले आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ।

महासंघले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा धार्मिक स्वतन्त्रता र धार्मिक सद्भावको सुनिश्चितता गर्न माग गरेको छ।

बन्द आह्वानसँगै चितवनमा यातायात, बजार तथा अन्य क्षेत्रमा यसको प्रभाव पर्ने देखिएको छ। बन्द कार्यक्रमलाई शान्तिपूर्ण बनाउन महासंघले आफ्ना समर्थक तथा सर्वसाधारणलाई संयम अपनाउन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु