गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन्। उनी सुनसरीको देवानगञ्जमा घटेको घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिधै अस्पताल पुगेका छन्।
विराटनगर आगमनसँगै गृहमन्त्री गुरुङले सो घटनामा परि ज्यान गुमाएका व्यक्तिहरूको परिवारजनलाई भेटेर समवेदना व्यक्त गर्ने र समग्र घटनाका बारेमा विस्तृत जानकारी लिने कार्यक्रम रहेको छ।


