सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय र भौतिक क्षतिको अवस्थासम्म पुगेको
बिहीबारको घटनामा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
बिहीबार साँझ करिब २० राउण्ड टियर ग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको छ ।
गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस र गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरिएको छ ।


