शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

एटुजेड समाचार

काठमाडौं – व्यवसायी शेखर गोल्छालाई एक करोड रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख गरी कुल एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु