काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ । आइतबार राति दुई समूहबीच झडप भएपछि तनावग्रस्त बनेको यहाँ फेरि झडप भएको हो ।
देवानगञ्ज–३ स्थित देवानगन्ज बजारमा मंगलबार राति ८ बजे झडप भइरहेको छ । झडप प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
दुवै पक्ष घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ ।


