फिस्लिङमा पहिरो खस्यो, मुग्लिङ–नौबिसे सडक अवरुद्ध

एटुजेड समाचार

चितवन – पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा मुग्लिङ–नौबिसे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोसँगै सडकमा रुखसमेत ढलेकाले दुवैतर्फ सवारी आवागमन प्रभावित भएको हो।

घटनापछि प्रहरी, सडक विभाग र सम्बन्धित निकायको टोलीले सडकमा खसेको रुख हटाउने तथा पहिरो पन्छाउने काम तीव्र रूपमा अघि बढाएको छ। सडक खुलाउन आवश्यक उपकरण परिचालन गरिएको जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु