काठमाडौं – डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्। डा. केसीले सरकारसँग सातबुँदे सहमति भएपछि आज आफ्नो अनसन तोडेका हुन्।
बिहीबारदेखि धनगढीमा अनसनरत रहेका केसीका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलमा सहमति जुटेपछि उनले जुस पिएर अनसन अन्त्य गरेका हुन्।
वार्तापछि दुवै पक्षबीच सातबुँदे सहमति भएको जनाइएको छ। सहमतिसँगै डा. केसीले आफ्नो आन्दोलन स्थगित गर्दै अनसन तोडेका हुन्।


