काभा भलिबल : बंगलादेशसँग ३–२ ले पराजित, नेपालको लगातार चौथो हार

एटुजेड समाचार

काठमाडौँ — काभा भलिबल च्याम्पियनसिपमा नेपाल आइतबार लगातार चौथो खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो ।

बंगलादेश  १८-२५, २५–१९,  २१–२५,  २५–२३  र १५–११ ले विजयी भयो । यसअघि नेपाल कजाकस्तान, श्रीलंका र घरेलु टोली पाकिस्तानसँग पराजित भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु