गोरखा – गोरखा नगरपालिका–१४ नारीघाटस्थित मर्स्याङ्दी नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबारदिउँसो नदी किनारमा अन्दाजी ३५–४० वर्ष उमेरकी महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शवको पहिचान खुलाउने प्रयास भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


