विश्व बाघ दिवसको अवसरमा चितवनमा ‘बाघ संरक्षण सप्ताह’ सुरु, यस्तो छ साप्ताहिक कार्यक्रम

चितवन –  विश्व बाघ दिवसको अवसर पारेर राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान, चितवनले ‘बाघ संरक्षण सप्ताह’ मनाउने भएको छ। हरेक वर्ष जुलाई २९ मा मनाइने विश्व बाघ दिवसलाई लक्षित गर्दै अभियानले जुलाई २३ देखि २९ सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साप्ताहिक तालिका सार्वजनिक गरेको हो।

सप्ताहअन्तर्गत पहिलो दिन कार्यालयमा ब्यानर टाँसेर कार्यक्रमको औपचारिक सुरुवात गरिनेछ।

दोस्रो दिन स्थानीय विद्यालयमा विद्याथिहरुलाई बाघको महत्व, सचेतनामूलक कार्यक्रम, तेस्रो दिन गाउँका मुख्य चोक तथा पसल चौतारीहरुमा जानकारीमूलक पोस्टर टाँस्ने, चौथो दिन स्थानीय बासिन्दासँग जङ्गल क्षेत्रमा अपनाउनुपर्ने सावधानीबारे अन्तरक्रिया, पाचौं दिन सिमाना सरसफाइ, युवा वा आमा समुह मिलेर गाउं र जङ्गल जोडीने सिमाना सफा गरिने, छौटौं दिन फेसबुक र सामाजिक सञ्जालमा कार्यक्रमका तस्विर र सन्देश सेयर गरिने छ ।

यस्तै कार्यक्रमको सातौं दिन अर्थात अन्तिम दिन जुलाई २९ मा विश्व बाघ दिवसका अवसरमा समीक्षा, चियापान तथा समापन कार्यक्रम आयोजना गरिने राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संस्थापक एवम् कार्यक्रमका संयोजक अपिल घिमिरेले बताए ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संस्थापक अपिल घिमिरेका अनुसार समुदायस्तरमा बाघ संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको हो। उनका अनुसार कार्यक्रम जुलाई २३ देखि २९ सम्म सञ्चालन हुनेछ।

घिमिरेले विश्वभर हाल १३ देशमा मात्र बाघ पाइने जानकारी दिँदै, विश्वमा रहेका ८ प्रजातिका बाघमध्ये ३ प्रजाति लोप भइसकेकाले अहिले ६ प्रजातिका बाघ मात्र बाँकी रहेको उल्लेख गरे। उनले बाँकी रहेका बाघ तथा तिनको बासस्थान संरक्षणका लागि समुदायको सक्रिय सहभागिता आवस्यक रहेको बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु