घरमै सुतिरहेकी महिलामाथि जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

एटुजेड समाचार

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाले ज्यान गुमाएकी छन्।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेकी हुन्।

प्रहरीका अनुसार गएराति निकुञ्जबाट आएको जंगली हात्तीले घरभित्रै आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु