श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड 

काठमाडौं –  श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएकाले यस समयमा श्रृंगार सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

हिन्दु परम्पराअनुसार श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ । विवाहित महिलाहरूले पति तथा परिवारको सुख, समृद्धि, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा, पोते तथा हरिया पहिरन धारण गर्ने चलन रहिआएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु