काठमाडौं – गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा संघीय सरकार स्थानीय सरकारको नियम पालना गर्दा घटना घटेको स्पष्टीकरण दिएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानमा कुन दलको सरकार छ ? भनी प्रश्न समेत गरे ।
रोस्ट्रममा निकैबेर भावुक बनेका गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ ? भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए । ‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भने ।


