देशभर मनसुन सक्रिय, चितवनसहित विभिन्न क्षेत्रमा वर्षा

एटुजेड समाचार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ ।

चितवनमा पनि गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने नदी तथा खोलानालाको जलस्तर बढ्न थालेको छ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

 आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेसका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु