चितवन – चितवनको भरतपुर महानगरपालिका–१८ निवासी ३२ वर्षीया ज्योती तामाङलाई लागू औषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले ज्योती तामाङलाई नियन्त्रणमा लिई कानुनबमोजिम खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट खैरो हिरोइनजस्तो देखिने ३.९६ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी तामाङविरुद्ध लागू औषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। यसका लागि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


